बलात्कारको विषयमा गायिका मेलिना राईको ‘क्रन्दन’!

फागुन २, काठमाडौँ – बलात्कारका घटनाहरू एकपछि अर्को गरी बाहिरिरहेका छन्। विभिन्न वर्ग, क्षेत्र र उमेरका महिलामाथि बलात्कारको घटना बढिरहेको छ। यही घटनालाइ आधार बनाएर ए बक्स फिल्म्स र रिअल टाइम क्रियसनले संयुक्त रुपमा आफ्नो प्रस्तुती क्रन्दनु सार्वजनिक गरेको छ।

गीतमा मेलिना राईले स्वर दिएकी छन्। विजय अधिकारीको शब्द र मोहित मुनालले संगीत दिएका छन्। स्नेहा शर्माको निर्देशनमा तयार क्रन्दनुमा निरोज श्रेष्ठको सिनेमेटोग्राफी रहेको छ।

भिडि‌ओमा दिभांसी बैदवार, युविना भट्टराई, मिरा केसी, आश्ना राना, गीता थापा, सबिना भण्डारी, रमिक सिंह ठकुरी, विपुल राजभण्डारी, निशान खत्री क्षेत्री र अनन्त सिग्देलको अभिनय तथा प्रस्तुति छ।

विरेन्द्र हमालको कोरिओग्राफी रहेको यो भिडिओ भरत रेग्मीले सम्पादन गरेका हुन्। क्रन्दनु गत बिहिबार युट्युब च्यानल रिअल टाइम रेकर्डबाट सार्वजनिक भएको हो।