रूषा सँग बले र हैटको ‘झिमी झिमी’ (भिडियो)

फागुन २ , काठमाडौं – मिलन चाम्सको प्रस्तुतिमा राजनराज सिवाकोटी र मेमोरी लिम्बु लावतीको आवाजमा नयाँ गीतको भिडियो रिलिज भएको छ । गोपी दाहालको शब्द रहेको गीत झिमी झिमी रिलिज गरिएको हो  ।

गीतमा संगीत गायक सिवाकोटीले भरेका छन् भने संगीत संयोजन एमोस तामाङको रहेको छ ।

भिडियोलाई निर्देशक मिलन चाम्सले निर्देशन गरेका हुन् । सागर लम्साल ‘बले’, बुद्धि तामाङ ‘हैट र रूषा न्यौपानेको अभिनय रहेको भिडियोको सम्पादन र छायाङ्कन रामकुमार केसी र सन्देश शाहले गरेका छन् िभिडियोलाई ओे.ए.स आर डिजिटल बाट सार्वजनिक गरिएको छ ।