माघ २९, एजेन्सी – म्यानचेस्टर सिटी एफए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
बुधबार राति च्याम्पियनसिप क्लब स्वान्सी सिटीलाई ३- १ गोल अन्तरले पराजित गर्दै सिटीले क्वाटरफाइनलमा स्थान बनाएको हो ।
यससँगै सिटीले सबै प्रतियोगितामा गरि लगातार १५ खेलमा जित निकाल्ने टोलीको कीर्तिमान बनाएको छ ।
सिटीले सन् १९८७ र ८८ को सिजन आर्सनलले बनाएको १४ जितको कीर्तिमान भङ्ग गरेको हो ।