भोलिको विरोध प्रदर्शनका लागि प्रचण्ड-नेपालले जारी गरे संयुक्त अपिल

माघ २७, काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड-नेपाल पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले संयुक्त रूपमा भिडिओ अपिल जारी गर्दै भोलि विरोध प्रदर्शनमा सहभागी हुन आग्रह गरेका छन्।

उक्त समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको विरोधमा बुधबार काठमाडौंमा प्रदर्शन गर्न लागेको छ।

मंगलबार जारी भएको भिडिओमा प्रचण्ड(नेपालले माघ २८ को विरोध सभामा सहभागी हुन भनेका छन्। नेकपाको केन्द्रीय संघर्ष समितिले काठमाडौंमा प्रदर्शनसहित सभा गर्न लागेको छ।

प्रतिगमनका षड्यन्त्रलाई परास्त गर्न प्रदर्शन गर्न लागिएको प्रचण्ड(नेपालले बताएका छन्।