इङ्ग्लिस प्रिमियर लिग लिड्स युनाइटेडसँग क्रिस्टल प्यालेस पराजित

माघ २७,एजेन्सी  – इङ्ग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत क्रिस्टल प्यालेससँगको खेलमा लिड्स युनाइटेड विजयी भएको छ ।

क्रिस्टल प्यालेसलाई २–० गोलले पराजित गर्दै लिड्स युनाइटेड विजयी भएको हो । यसअघि ११ औँ स्थानमा रहेको लिड्स युनाइटेड ३२ अंकसहित १० औँ स्थानमा पुगेको हो ।

जारी लिगमा म्यानचेस्टर सिटी ५० अंकसहित पहिलो र म्यानचेस्टर युनाइटेड ४५ अंकसहित दोस्रो स्थानमा रहेका छन् ।