‘मुरली तिरिरी’ मा सुनिशा र शिशिर (भिडियो)

माघ २७, काठमाडौं – सुनिशा बजगाईँ र शिशिर भँडारी फिचर्ड म्युजिक भिडियो ‘मुरली तिरिरी’ सार्वजनिक भएको छ । बेनिशा पौडेल, आयुशमान चापागाईँ र शिशिर भण्डारीको आवाज रहेको गीतको शब्द दीपक राज पाठक र गायक तथा कलाकार भण्डारीले मिलेर कोरेका छन् ।

गीतको संगीत पनि भण्डारी रहेको छ । सुनिशा र शिशिरलाई अभिनयमा ‘जिरे’ ईशान राउत,श्रद्धा गौतम,लक्ष्मण अधिकारी ,अनुरोध भँडारी लगायतले साथ दिएका छन् ।

सन्तोष राजवाहकको निर्देशन ,डिन्सन शाहको सम्पादन , संगीत संयोजन कुशल सिंह र ज्ञानेन्द्र शर्मा हुमागाईँको छायाङ्कनमा भिडियोलाई तयार पारिएको छ ।