करेन्ट लागेर कञ्चनपुरमा एकको मृत्यु

माघ २६, काठमाण्डौँ – कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।

मुत्यु हुनेमा भिमदत्तनगरपालिका वडा नम्वर १० तिल्केनीका १८ बर्षिय अनिल लुहार रहेका छन्।

घर नजिकैको खेतबारीमा गाईगोरुले बाली नष्ट गर्छन् भन्दै उनले खेत वरिपरि करेन्ट प्रवाह हुने तार जोडेका थिए।

त्यही तारमा परेर उनको आइतबार दिउँसो ज्यान गएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमर थापा क्षेत्रीले जानकारी दिए।

घटनाबारे थप अनुसन्धान भइरहेको र उनको शव पोष्टमार्टमका लागी महाकाली अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।