चट्याङ लागेर १ जनाको मृत्यु

माघ २५, ओखलढुङगा – ओखलढुङगाको मोलुङ गाउँपालिका-६ नयावन बस्ने २४ बर्षीया छम्जी शेर्पाको चट्याङ लागेर मृत्यु भएको छ ।

शनिवार साँझ ५ बजेको समयमा आफ्नै घरमा बसिरहेको अवस्थामा एक्कासी चट्याले लाग्दा शेर्पाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ ।