ओली समूहको भोलिको कार्यक्रमका लागि दरबारमार्गमा हटाइयो डिभाइडर

माघ २२, काठमाडौं-  काठमाडौं महानगरपालिका-१ स्थित दरबारमार्गमा राखिएको डिभाइडर हटाइएको छ।

बिहीबार बिहान दरबारमार्ग विकास बोर्ड र काठमाडौं महानगरपालिकाले सो डिभाइडर हटाएको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार नारायणहिटी अगाडि सभा गर्ने घोषणा गरेका थिए। प्रदर्शन तथा सभा गर्नेक्रममा भीडभाडमा असहजता नहोस् भनेर डिभाइडर हटाइएको बोर्डका एक कर्मचारीले बताए।

तीन सय मिटर लामो सो डिभाइडर पुनस् राख्न मिल्ने खालको भएको उनले बताए।

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको सभामा मानिसहरूलाई हिँड्डुल गर्न, भीडभाड होला भनेर सहज बनाउन हटाइदिन भनेर महानगरपालिकाले आग्रह गरेको थियो, ती कर्मचारीले भने, उहाँहरूको अनुरोधमा हामीले हटाएका हौं।

कार्यक्रमपछि ती डिभाइडर फेरि हालिने उनले बताए।