धनगढीमा ओली पक्ष पनि सडकमा

माघ २२, काठमाडौं- धनगढीमा ओली पक्ष पनि सडकमा आएको छ। आमहड्तालको विरोधमा सत्तारूढ नेकपा ओली पक्षका युवाले धनगढीमा प्रदर्शन सुरु गरेका हुन्।

उनीहरुले गरिखानेलाई काम गर्न दिनुपर्ने भन्दै नाराबाजीसमेत गरेका छन्।

उनीहरूले मुख्यमन्त्री कार्यलयदेखि धनगढी चौराहसम्म र्‍याली र नाराबाजी गर्दै अघि बढेका थिए। ‘व्यापारी साथी एक हौं बन्द गर्न पाइदैन, बन्दलाई खुला गरौं। ’लगायतका नारा उनीहरूले लगाएका थिए।

प्रचण्ड–नेपाल समूहको नेकपाका कार्यकर्ता महडताल सफल पार्न ठाउँठाउँमा उपस्थित छन्।

दुबै समूहका कार्यकर्ता सडकमा आएपछि झडप हुने सम्भावना बढेको भन्दै प्रहरीले उच्च सतर्कता अपनाएको छ।

धनगढीमा बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ।