‘रामायण’ मा स्क्रिन सेयर गर्दै ऋतिक र दीपिका

माघ १८, एजेन्सी बलिउड चलचित्र ‘दंगल’ निर्देशन गरेका निर्देशक नितेश तिवारीले आगामी चलचित्र ‘रामायण’ मा अभिनेता ऋतिक रोशन र अभिनेत्री दिपिकाको जोडी बाँध्ने भएका छन् ।

थ्रिडीमा निर्माण गर्न लागिएको चलचित्रको बजेट तीन सय करोड छुटाइएको छ  ।

रामायणका ‘फ्रन्ट–रनर’ दीपिका र ऋतिकका साथै चलचित्रका ‘ए लिस्टर’हरू ‘फाइनलाइज’ भइसकेका छन् । एकल निर्माणमा बनाउन लागेको उक्त चलचित्रको लगानीकर्ता मधु मन्तेनको रहेको छ ।