माघ १८,एजेन्सी – स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड पराजित भएको छ ।
गएराति भएको खेलमा लेभान्टेसँग रियल मड्रिड २–१ गोल अन्तरले पराजित भएको हो ।
रियल मड्रिडले अहिलेसम्म २० खेल खेलेकोमा १२ खेलमा जित र चारमा बराबरी तथा चार खेलमा हार ब्यहोरेको छ ।
अंक तालिकामा रियल ४० अंककासाथ दोस्रो स्थानमा छ । दुई खेल कम खेलेको एट्लेटिको मड्रिड ४७ अंकका साथ पहिलो स्थानमा छ ।