प्रचण्डलाई चितवनबाट आफूले जिताएको : ओली

माघ १५, काठमाडौं – जिफन्टको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई प्रणाम गरेर प्रचण्डलाई चितवनबाट आफूहरूले जिताएको बताएका छन् ।

ट्रेड युनियन महासंघले राष्ट्रिय सभागृहमा आयोजना गरेको एक कार्यक्रममा ओलीले भने, ‘ ७४ सालमा प्रचण्डलाई जनतालाई प्रणाम गरेर चितवनमा हामीले जिताएको । ७० मा बत्ती निभाएर बाकस साटेर जितेका हुन् । त्यो भन्दा अगाडि कीर्तिपुर हारिसक्नु भएको थियो ।’

ओलीले भने, ‘उहाँ त यस्तो ‘फ्लोटिङ’ हुनुहुन्छ नी कहिले रोल्पा, कहिले सिराहा, कहिले कीर्तिपुर जानुभयो अब जाने ठाउँ कतैपनि छैन ।’

जनयुद्धको बेला प्रचण्ड जेलवाला तेल लाएर जुल्फी कोरेर दिल्ली बसेको उनको टिप्पणी छ ।

ओलीले भने, ‘जंगलमा न हिजो बस्नु भएको थियो न अब बस्नु हुन्छ । हिजो जंगल बस्नु भएको हैन उहाँ । दिल्ली, लखनऊमा हुनुहुन्थ्यो हामीलाई थाहा छ । जंगलमा उहाँले कार्यकर्ता र लडाकु बसाउनु भयो । आफूहरू त जेलवाला तेलले जुल्फी कोरेर दिल्ली बस्नुभयो ।’