प्रतिनिधि सभा विघटनविरूद्ध कार्यक्रममा प्रहरीको लाठीचार्ज, दर्जनौँ अभियन्ता घाइते

माघ १२, काठमाडौँ  – प्रतिनिधिसभा विघटनविरुद्व नागरिक अगुवाहरुले गरेको बालुवाटार मार्च पासमा प्रहरीले हस्तक्षेप गरेको छ । त्यस क्रममा प्रहरीले लाठीचार्ज गर्नुका साथै पानीको फोहोरा प्रहार गरेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभा विघटन गर्ने असंवैधानिक कदमको विरोधमा नागरिक अगुवाहरुले गरेको बालुवाटार मार्च पासमा प्रहरीले हस्तक्षेप गर्दा केही अगुवाहरु घाइते समेत भएका छन् ।

लाठीचार्ज र पानीको फोहोरा प्रहारबाट नारायण वाग्ले, मोहना अन्सारी, अरुणदेव जोशी, निर्घ नवीन, संघर्ष दाहाल, स्वर्णिम दिनेश लगायत दर्जनौँ अभियन्ता घाइते भएका छन् ।

घाइतेहरुलाई  त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज  र  मोडल अस्पतालमा उपचारका लागि लगिएको छ ।

प्रहरीले भने सुरक्षा घेरा तोडेर अघि बढ्ने क्रममा  लाठीचार्ज गर्नुपरेको जनाएको छ ।