मुख्यमन्त्री राई ‘मिस मंगोल नेपाल’ सँग वैवाहिक बन्धनमा बाँधिए

माघ ११, काठमाडौं  –  प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई ‘मिस मंगोल नेपाल’ संग वैवाहिक बन्धनमा बाँधिए । आइतबार राईले मोडल ज्याङ्मु शेर्पासँग बिहे गरे ।
मुख्य राईका प्रेस संयोजक ध्रुव सुवेदीले राजधानीमा राई र शेर्पा दुबै परम्पराअनुसार वैवाहिक कार्यक्रम सम्पन्न भएको जानकारी दिए ।

वैवाहिक कार्यक्रममा दुबैतर्फका निकटस्थको सहभागिता रहेको थियो ।
४९ वर्षीय राईले आफू भन्दा निकै कम उमेर भएकी शेर्पासँग बिहे गरे।

२० वर्षीया शेर्पा २०१८ की ‘मिस मंगोल नेपाल’ हुन् भने दुई केही समययता प्रेम सम्बन्ध रहेको बताए ।
राईले विहेको अवसरमा विराटनगरमा भोज दिने बताए ।