फिल्म ‘सत्यम्’को थिमेट्रीकल स्केच सार्वजनिक

माघ ११, काठमाडौं  – अभिनेता राजेश हमालको अभिनय रहेको फिल्म ‘सत्यम’को ‘थिमेट्रीकल स्केच पोस्टर’ सार्वजनिक भयो ।

शंकर कार्कीले निर्देशन गर्न लागेको फिल्ममा हमालको अलवा अनुपविक्रम शाहीको पनि मुख्य भूमिका रहनेछ । शाहीको भुमिको फिल्ममा भिलेनको रहेको निर्देशक कार्कीले बताए । पल शाह र उपासना सिंह ठकुरीको समेत अभिनय रहने बताइएको फिल्म रेशम सापकोटाले निर्माण गर्न लागेका हुन् । पोस्टरमा हमालले महानायक लेख्दै गरेको स्केच फोटो राखिएको छ ।

फिल्मको बाँकी कलाकार अडिसनबाट छान्ने तयारीमा निर्माण युनिट जुटेको छ । अडिसन काठमाडौँमा माघ १९ गते, पोखरामा माघ २३ गते, बुटवलमा माघ २५ गते र झापामा माघ २७ गते अडिशन हुनेछ ।

‘सत्यम्’लाई रेशम सापकोटाले लेखेका हुन् । फिल्मको एशोसियट निर्माता श्याम मल्ल र गणेश पौडेल हुन् । सह–निर्माताहरु रेशम गौतम र कृष्ण अधिकारी हुन् ।

कुटुम्ब ब्याण्ड, योगेश काजी र गणेश पौडेलले संगीत रहने फिल्ममा बिदुर पाण्डेको छायाँकन, अष्टमान महर्जनको द्वन्द्व रहनेछ ।