संवैधानिक राजसंस्था निर्वाचनको मुख्य कार्यसूची हुन्छ : डा लोहनी

माघ ६, काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का केन्द्रीय अध्यक्ष डा प्रकाशचन्द्र लोहनी आगामी निर्वाचनमा संवैधानिक राजसंस्था र धर्म सापेक्षता पार्टीको मुख्य एजेण्डा हुने बताएका छन् । विराटनगरमा आज आयोजित पत्रकार सम्मेलनमा उनले राजतन्त्रलाई सबै दलको सहमतिमा कायम गर्ने र धर्मबारे संविधानअनुसार जनमत सङ्ग्रह गर्नुपर्ने विचार राखे ।

अध्यक्ष लोहनीले सर्वोच्च अदालतले संसद् विघटन सम्बन्धमा गर्ने निर्णय आफ्नो पार्टीलाई स्वीकार्य हुने विचार व्यक्त गरे । उनले मुलुकमा बेरोजगारी समस्या विकराल भएकामा चिन्ता व्यक्त गर्दै विश्वका विभिन्न देशमा नेपाली युवा कामदारको रुपमा जानु दुःखद् हो भने ।