चलचित्र ‘मन सँग मन’ को पहिलो गीत रिलिज (भिडियो)

माघ ४, काठमाडौं  – चैत्र २७ गतेलाई रिलिज मिति तय गर्दै चलचित्र ’मन सँग मन’ ले पहिलो गीत सार्वजनिक गरेको छ ।

चर्चित अनुहारहरूलाई एउटै फ्रेममा देखाउँदै चलचित्रले आफ्नो पहिलो ’मेरो त भाग्य’ बोलको गीत सार्वजनिक गरेको हो ।

डेभिड शंकर , भावना थापा ,अस्मिता अधिकारी र रोहन हिङम्याङको आवाजलाई समावेश गरिएको गीतमा संगीत भर्ने काम दीपक शर्माले गरेका छन्  । गीतको शब्द विपिन किरणले कोरेका छन् ।

पुष्प खड्का, वर्षा सिवाकोटी , पूजा शर्मा, बुद्दी तामाङको न्रित्य रहेको छ । रामजी लामिछानेको कोरीयोग्राफी, अर्जुन जिसीको सम्पादन,सौरभ लामाको डी ओ पी रहेको भिडियोलाई हाइलाइट्स बाट सार्वजनिक गरिएको छ ।