सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढ्यो

पुस २२, काठमाडौं –  सुनको मूल्य लगातार वृद्धि भइरहेको छ।

बुधबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ।

मंगलबार छापावाल सुन प्रतितोला ११ सय रुपैयाँले बढेर ९६ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

बुधबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ७ सय रुपैयाँ कायम भएको छ।