स्रोत नखुलेको १ करोड ४७ लाख ८६ हजार रुपैयाँ सहित पक्राउ

पुस २०, काठमाडौ – चन्द्रागिरी नगरपलिका-२ नागढुङ्गाबाट स्रोत नखुलेको १ करोड ४७ लाख ८६ हजार रुपैयाँ सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत गोरखपुर बस्ने ३० वर्षीय अमित कुमार गुप्ता र कपिलबस्तु वाडगंगा नगरपालिका-४ बस्ने २२ वर्षीय संगम थारु रहेका छन् ।

कपिलबस्तुबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश ३-०१-०२३ च २२५९ नम्बरको कारलाई महानगरीय प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा कारभित्र ३ वटा झोलामा लुकाई ल्याएको उक्त रुपैयाँ फेला पारी चालक थारु र कारमा सवार अमित कुमारलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।