खोलाले बगाएर बृद्धाको मृत्यु

पौष २०, काठमाडौ -झापाको हल्दीवारी गाउँपालिका-५ बस्ने ७२ बर्षाया हरिमाया बेगाको खोलाले बगाएर मृत्यु भएको छ ।

आईतवार राती साँढे ८ बजे स्थानीय भुतेनी खोला तर्ने क्रममा अचानक खोलाले बगाएर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटना सम्वन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।