पीएसजीको नयाँ प्रशिक्षकमा पोचेटिनो

पुस १९, एजेन्सी – माउरिसिओ पोचेटिनो फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का नयाँ प्रशिक्षक नियुक्त भएका छन् ।

पीएसजीले शनिबार क्लबकै पूर्वखेलाडी पोचेटिनोलाई नयाँ प्रशिक्षकको रुपमा अनुबन्ध गरेको हो । अब उनले थोमस टुचेलको स्थान लिनेछन् ।

४८ वर्षीय अर्जेन्टाइन पोचेटिनोले सन् २००१ देखि २००३ मसम्म फ्रेन्च क्यापिटल क्लब पीएसजीका लागि खेलेका थिए ।

उनी टोटनहमका पूर्वप्रशिक्षक हुन् । सन् २०१९ नोभेम्बरमा टोटनहमले बर्खास्त गरेपछि पोचेटिनो कामविहीन थिए ।

हाल पीएसजी फ्रेन्च लिग वानमा तेस्रो स्थानमा छ । यस्तै युरोपियन च्याम्पियन्स लिगको अन्तिम १६ मा पीएसजीले स्पानिस क्लब बार्सिलोनासँग खेल्नेछ ।