म्यान्चेस्टर सिटी र ब्रेन्टफोर्ड विजयी

पुस ८, काठमाडौं – कराबाओ कपमा म्यान्चेस्टर सिटी र ब्रेन्टफोर्ड विजयी भएको छ ।

गएराति भएको खेलमा ब्रेन्टफोर्डले न्यू क्यासल र म्यानचेस्टर सिटीले आर्सेनललाई पराजित गरेको हो । ब्रेन्टफोर्डले न्यू क्यासललाई १– ० गोलले पराजित गरेको हो । ब्रेन्टफोर्डलाई जिताउन खेलको ६६ औँ मिनेटमा डासिल्भाले एक गोल गरेका थिए ।

यस्तै म्यान्चेस्टर सिटीले आर्सनललाई ४–१ गोलले पराजित गरेको छ । लिगमा लिभरपुल ३१ अंकसहित शीर्ष स्थानमा रहेको छ । यस्तै लिसेस्टर २७ अंकसहित दोस्रो, म्यान्चेस्टर २६ अंकसहित तेस्रो र एभर्टन २६ अंकसहित चौथो स्थानमा रहेको छ ।