ओली समुहको प्रवक्ताको जिम्मेवारी प्रदीप ज्ञवालीलाई

पुस ७, काठमाडौं  – नेकपा अध्यक्ष केपी शर्मा ओलीले प्रवक्ताको जिम्मेवारी प्रदीप ज्ञवालीलाई दिएका छन् ।

मंगलबार बालुवाटारमा जारी ओलीनिकट केन्द्रीय कमिटी बैठकले नारायणकाजी श्रेष्ठलाई हटाएर परराष्ट्रमन्त्रीसमेत रहेका स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीलाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो ।