ओलीले गरे ११९९ सदस्यीय केन्द्रिय कमिटी विस्तार

पुस ७, काठमाडौ-  प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले ११९९ जनाको केन्द्रीय कमिटी घोषणा गरेका छन् । आफू पक्षका केन्द्रीय सदस्यहरुको मंगलबार बालुवाटारमा बसेको बैठकमा ओलीले कमिटी विस्तारको घोषणा गरेका हुन् ।

नेकपामा अहिले ४४६ जनाको केन्द्रीय कमिटी छ । त्यसमा तत्काल ५५६ जना थप गर्ने र बाँकी १९७ थप गर्न सक्नेगरी ओलीले केन्द्रीय कमिटी घोषणा गरेका हुन् ।