बेलायतमा एक दिन ३५ हजारभन्दा बढी संक्रमित

पुष ३, एजेन्सी – बेलायतमा एकैदिन ३५ हजारभन्दा बढी संक्रमित भएका छन् ।

बिहीबार सांझ सार्वजनिक तथ्यांकअनुसार पछिल्लो २४ घन्टामा थप ३५ हजार ३८३ जना नयां संक्रमित थपिएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ ।

यो संख्या दोस्रो लहर शुरु भए यताकै उच्च हो । यससंगै बेलायतमा कोरोना संक्रमितको कुल संख्या १९ लाख ४८ हजार ६६० पुगेको छ ।

यसैगरी, बेलायतमा कोरोना मृतक संख्या पनि ६६ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा थप ५३२ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य विभागले जनाएको छ ।