पुष ३, काठमाडौं – प्रताप दाश र रचना रिमालको आवाजमा ’गूड्डु लव यु’ गीत सार्वजनिक भएको छ ।
प्रतापकै अफिसियल युट्युब च्यानल बाट सार्वजनिक गरिएको गीतको शब्द प्रवीण भट्टले कोरेका हुन ।
सागर बाबु भट्टको निर्देशन रहेको भिडियोमा एक सामान्य जीवन यापनका लागी आफ्नै सामान्य व्यापार गरिरहेका युवा युवतीको एक अर्का प्रतिको भावनालाई देखाइएको छ ।
देवेन्द्र बब्लुको कम्पोज, कृष्ण बिकको संगीत, प्रवीण भट्टको सम्पादन र नवराज उप्रेतीको छायाङ्कन रहेको छ ।
बिपी फिल्म्स नेपालको प्रस्तुति रहेको गीतको भिडियोमा प्रतीक उप्रेती र प्रतिभा सेन फिचर्ड छन् ।