‘राजा आउँदैन, नेकपा फुट्दैन’ – नेता खनाल

देशमा अहिले तीन वटा कुरा निकै चर्चामा छन् । सत्ताधारी नेकपामा आन्तरिक विवादको चरम उत्सर्षमा छ ।प्रमुख प्रतिपक्ष पनि तीन वर्षपछि एक्कासी सडकबाट झुल्किएको छ । भने राजवादीहरु राजा आउ देश बचाउ को नारा लगाउँदैछन् । लामो राजनीतिक लडाइ लडेका नेपाली जनताहरुले सोचेको जस्तो स्थिरता भन्दा पनि अस्थिरताको संकेत देखा पर्दैछ ।अर्कातिर कोरोना महामारी त छदैछ । नेकपाको शीर्ष तहको समस्या समाधानको उपाय खोज्नको लागि स्थायी कमिटीको बैठक जारी छ ।अर्कातिर गुटगत भेलाहरु समेत सल्बालउन थालेका छन् । राजावादीहरुको आन्दोलन, काँग्रेसको प्रदर्शन र नेकपाको आन्तरिक विवादका विषयमा नेकपा सचिवालय सदस्य झलनाथ खनालसँग इमेलखवरले गरेको संक्षिप्त कुराकानी –

नेकपा विवादको विषयमा जानकारी गराइदिनुन ?

केही समययता हाम्रो पार्टीमा केही असमझदारीहरु देखा परेका छन् । समस्या समाधानको लागि विभिन्न चरणमा प्रयासहरु समेत भइरहेका छन् । यो विवाद पार्टी एकतालाई थप मजबुत बनाउनको लागि भइरहेको छ भन्ने सबैले बुझ्नुपर्छ । यो पार्टी भित्रको आन्तरिक तथा स्वाभाविक विवाद हो । यसलाई अन्यथा लिनुपर्छ कारण छैन । त्यसैगरि अहिले कमिटीमा छलफल पनि भइरहेको छ ।

स्थायी कमिटीको बैठकले विवाद समाधान गर्ला त ?

कम्युनिष्ट पार्टीमा यस्ता बहसहरु सधै भइरहन्छन् । अहिले बृहत छलफल समेत भइरहेको छ । यसले मज्जाले निकास दिन्छ । नेकपामा भएको विवाद समाधान हुन्छ । कार्यकर्ताहरुले आत्तिनुपर्ने कुनै कारण छैन । सबै जनाबीच बृहत छलफल हुन्छ । राम्रा र न राम्रा पक्षहरुलाई हामी केलाउने काम गर्छौ । ढुक्क हुनुहोस नेकपामा देखिएको विवाद समाधान हुन्छ ।

त्यसो भने नेकपा फुट्दैन त अब ?

फुट्दैन, फुट्दैन नेकपा ।

दुई अध्यक्ष बीचको संघर्ष पनि अन्त्य हुन्छ ?

त्यो उहाँहरुको व्यक्तिगत लडाइ होइन । पार्टीलाई विधि र विधान अनुसार चलाउनको लागि हो । त्यसैले उहाँले लामो समय छलफल र बहस गर्नु भएको छ । भेटघाट पनि भइरहेको छ । त्यसैगरि विवाद समाधान कै लागि पार्टी बैठक नै बसिरहेको छ । अघिल्लो बैठकमा प्रधानमन्त्री ज्यू सहभागी हुनुभएन ।पछिल्लो बैठकमा भने उहाँले सहभागिता जनाउनु भएको छ । छलफल जारी छ । पार्टीलाई झन बलियो बनाउन सहमति र सहकार्यको बाटो अवस्य बन्छ ।

सरकार विरुद्ध व्यापक जन गुनासो बढिरहेको छ, प्रतिपक्ष दल पनि सडकमा आइसक्यो , अब के हुन्छ ?

प्रतिपक्ष दलको त धर्म हो नी । अहिले सम्म धर्म निर्वाह गरेको थिएन । बल्ल सडकमा अलिकति देखिए । तीन वर्षपछि । यो प्रदर्शनको कुनै पनि अर्थ छैन । हामीले गम्भीर भएर सोच्नु पर्ने अवस्था पनि छैन । उनीहरुले आफ्नो धर्म निर्वाह गरेका हुन् ।

आम कार्यकर्तालाई के भन्नु हुन्छ ?

सबैलाई संयमित हुन आग्रह गर्दछु । हामी छलफल मै केही निकास निस्कन्छ । हामीले डराई हाल्नु पर्ने आत्तिनु पर्ने अवस्था पनि छैन । हामी सबै एकताको पक्षमा छौ । अब पार्टी झन सुढृट हुन्छ ।