साङ्ग्रिला क्लबस्तरीय क्रिकेटको च्याम्पियन

मंसिर ३०, काठमाडौ-  साङ्ग्रिला क्रिकेट क्लब जिल्ला क्रिकेट सङ्घले आयोजना गरेको क्लबस्तरीय छनोट प्रतियोगिताको विजेता बनेको छ । सोमबार पोखरा रङ्गशालामा भएको प्रतियोगितामा साङ्ग्रिलाले माछापुच्छे क्रिकेट क्लबलाई २८ रनले पराजित गरेको हो ।

टस जितेर ब्याटिङ रोजेको साङ्ग्रिला क्रिकेट क्लबले ३५ दशमलव एक ओभर खेल्दै १४९ रन बनाएको थियो । जीतका लागि १५० रनको लक्ष्य पछ्याएको माछापुच्छ«ले १२१ रन मात्र बनाउन सफल भएको थियो । प्रतियोगितामा साङ्ग्रिला क्रिकेट क्लब, माछापुच्छ«े क्रिकेट क्लब, पोखरा क्रिकेट क्लब, अरण्यज्योति क्रिकेट क्लब, कास्की क्रिकेट क्लब र राइजिङ पोखरा क्रिकेट क्लबसहित छ टोलीले सहभागिता जनाएका थिए ।