‘सधै गालीले रोईरहने म यस पाली दर्शकको माँयाले रोए ।’ ज्योति मगर

काठमाडौ – लोकदोहोरीमा एक चर्चित नाम हो, ज्योति मगर । उनका उहि मुलाका सिन्की उहि मुलाको चाना, पिरतीमा दम छ र डाढे बिरालो लगायतका गीत चर्चित छन । अझ भनु उनी स्टेज क्विनको रुपमा पनि चिनिन्छिन । सधै बिवादित भइरहने ज्योति पछिल्लो समय ‘डान्सिङ विथ दि स्टार्स नेपाल’बाट भने सकारात्मक प्रतिक्रिया पाएकी छन् । राम्रो डान्स गरेको भन्दै उनले दर्शकहरुवाट माया पाएकी छिन । मारुनी देखि देउडासम्मको उनको प्रस्तुतीलाई धेरैले रुचाएका छन । राम्रो प्रस्तुतीका बिच पनि उनी टप ५ भित्र पुगेर बाहिरिएकी छन् । उक्त शोमा ज्योतिका अनुभवहरु के कस्ता रहे भन्ने बिषयमा इमेल खवर डटकमले कुराकानी गरेको छ । प्रस्तुत छ उनीसंग गरिएको कुराकानी-

‘डान्सिङ विथ दि स्टार्स नेपाल’को अनुभव कस्तो रह्यो ?

समग्रमा भन्नुपर्दा एकदमै राम्रो अनुभव बटुले । यो शोमा ठुलो सपना बोकेर आएको होइन । लोकसंस्कृति झल्काउने उद्देश्यले म यस शोमा भाग लिएको हु । यस शो मार्फत मैले डान्स सिक्ने मौका पनि पाए । केहि गर्नका लागि मेहनत आवश्यक रहेछ भन्ने कुरा पनि यो शो मार्फत मैले सिके ।

भनेपछि यो शोका लागि निकै मेहनत गर्नुप¥र्यो ?

ओहो त्यसको त कुरै नगर्नुन । म लोकगायिका । मैले लोकसंस्कृति झल्काउने नृत्यहरु गर्थे । अन्य नृत्य शैली म जान्दिनथे । म जे जान्दथे त्यो कोरियोग्राफर जान्दैनथे । कोरियोग्राफरले भने अनुसार तालमेल मिलाउन मलाई निकै ग्राहो भयो । कोरियोग्राफर र म बिच तालमेल मिलाउन निकै समस्या भयो । मैले निकै मेहनत गर्नु प¥र्यो । प्रतिस्पर्धा भनेपछि डर पनि हुने रहेछ । तनाव पनि एकदमै भयो ।

यो शोमा तपाईले कस्तो प्रतिक्रिया पाउनु भयो ?

मैले यो शो मार्फत दर्शकहरुबाट एकदमै सकारात्मक प्रतिक्रिया पाए । मैले जिवनमा सकारात्मक प्रतिक्रिया पाएको नै यहि हो । दर्शकहरुले मेरो नृत्यलाई एकदमै रुचाइदिनु भयो । यस शो मार्फत ज्योति गायिका मात्र होइन डान्सर पनि हो भनेर चिन्नु भयो । यो शो मार्फत दर्शकहरुको आखामा वस्न सफल भएको छु । सधै गालीले रोइरहने म यस पालि दर्शकहरुको मायाले  रोए ।

तपाईका केहि शो त बिवादित बने नि । ज्योति मगर जहा गए नि बिवादित ?

एउटै फरमेन्टमा देखाउनु भन्दा केहि फरक दिने योजना भयो । मान्छे भर्सटाएल हुन जरुरी छ । त्यसकारण फरक फरक प्रस्तुती दियौं । केहि शोमा नकारात्मक टिप्पणी पनि आए । बिवाद त हरेक क्षेत्रमा हुन्छ नै । यसलाई मैले सहज रुपमा हेरेको छु । मलाई सकारात्मक टिप्पणी संगसंगै नकारात्मक टिप्पणी पनि आउनु स्वभाविक नै लागेको छ ।

टप ५ बाट बाहिरिनु भएको छ , अलि छिटो बाहिरीए भन्ने लाग्दैन ?

त्यो पनि एक मनमा त लाग्छ नि । तर बाहिरीने समय आएको थियो होला । प्रतिस्पर्धा हो हारजित त भइहाल्छ नि । मलाई यस्तो पनि लागेको छ कि हामी भन्दा अगाडि जानुपर्ने प्रतिस्पर्धीहरु अगाडि नै बाहिरीनु भएको थियो होला ।

अब ज्योति मगर गायक कि डान्सर ?

यो शोमा भाग लिए पश्चात मेरो करिअरलाई थप सहयोग हुने भएको छ । म गीत गाउने र मोडलिङ पनि गर्दै आइरहेको छु । नृत्यले अब मोडलिङमा निकै सहज बनाएको छ । अब गर्ने नृत्यमा निकै फरक हुनेछ । अब म गायन संगसंगै नृत्यलाई अघि बढाउछु ।