कांग्रेस नेता रामचन्द्र पौडेलले गरे बुल्दीखोलाको पुल उद्घाटन

मंसिर १८, तनहु-  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ ब्यास नगरपालिकाको बुल्दीखोलाको पुल बिहीबार उद्घाटन गरेका छन्।

बुधबार उद्घाटन गर्न नपाएका कांग्रेसका वरिष्ठ नेता पौडेल बिहीबार कांग्रेसका सयौं कार्यकर्तासहित पुल उद्घाटन गरेका हुन।

बिहीबार पुल उद्घाटनमा जिल्ला प्रशासनले कुनै अवरोध गरेको छैन भने कांग्रेस जिल्ला कमिटी तनहुँ कांग्रेसको सक्रियातामा कांग्रेसका कार्यकर्ताले पौडेलको पुल उद्घाटन कार्यक्रमालई लाइभ गरेका छन्। उनीहरुले बुधबार प्रहरी प्रशासनले गरेको व्यवहारको विरोधमा नाराबाजी समेत गरेका छन्।

बुधबार नेकपा र कांग्रेसका कार्यकर्ताबीच झडप हुनेस्थित देखापरेपछि जिल्ला प्रशासन कार्यालय तनहुँले निषेधाज्ञा जारी गरेको थियो।

तर पौडेल पुल उद्घाटन गर्न जाँदा प्रहरीले निषेधाज्ञा उल्लंघन गरेको आरोपमा पौडेललाई नियन्त्रणमा लिएर तीन घण्टा पछि मात्रै छाडिएको थियो।