सुनको मूल्यमा एक हजार ६०० रूपैँयाले वृद्धि

मंसिर १८, काठमाडौं – सुनको मूल्य बजारमा आज प्रतितोला रु एक हजार ६०० ले बढेको छ।

बुधबारका तुलनामा आज छापावाला सुन प्रतितोला रु एक हजार ६०० ले वृद्धि भई रु ९२ हजार ६०० मा कारोवार भएको छ। बुधबार छापावाला सुनको मूल्य प्रतितोला रु ९१ हजारमा कारोवार भएको थियो।

यस्तै तेजाबी सुन पनि तोलामा रु एक हजार ६०० ले नै वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएके छ।

प्रतितोला रु ९० हजार ५५० मा बुधबार कारोवार भएको तेजाबी सुन आज प्रतितोला रु ९२ हजार १५० मा खरीदबिक्री हुने गरी मूल्य निर्धारण गरिएको छ।

यस्तै चाँदीको मूल्य प्रतितोला रु २० ले वृद्धि भएको छ। प्रतितोला रु एक हजार १८५ मा बुधबार कारोवार भएको चाँदी आज भने प्रतितोला रु एक हजार २०५ मा खरीदबिक्री भएको छ।