‘नेकपा फुट्दैन, फुट्न दिइन्न’-नेता गैरे

काठमाडौ -सत्ताधारी नेकपा अहिले दुई नेतृत्वको तीव्र विवादको चपेटामा छ । प्रधानमन्त्री र कार्यकारी अध्यक्ष सकभर एकअर्काका कमजोरी पहिल्याउने र त्यसैले प्रहार गर्ने अवस्थामा पुगेका छन् । केही सातायता दुवैजनाबीच संवादहिनता बढेको छ । अन्य जिममेवार नेताहरु पार्टी गंभिर मोडमा पुगेको वताएका छन । यावत सवालका वीचमा पार्टी एकता टुट्ने हो की भनेर नेता तथा कार्यकर्ता चिन्तित वनेका छन ।

यतिवेला नेकपाका दोस्रो तहका नेताहरु कुनै पनि हालतमा पार्टीलाई फुट्न दिन नहुने पक्षमा छन् । उनिहरु दुई अध्यक्ष बीच वढेको तीव्र विवाद कम गर्दै पार्टी फुट्न नदिन लविङ गरिरहेका छन् । नेकपा विवादका विषयमा नेकपाका केन्द्रीय सदस्य तथा यूवा नेता ठाकुर गैरेसँग इमेल खबरले गरेको संक्षिप्त कुराकानीको संम्पादित अंश –

नेकपाको पछिल्लो विवादलाई कसरी हेरिरहनु भएको छ ?

अहिले नेकपामा भइरहेको विवाद खासगरी पार्टीलाई निश्चित विचार र सिद्धान्त अनुसार चल्नुपर्छ भन्नको लागि हो । यस्तै पार्टीलाई कार्यदिशा, कार्यक्रम र नियमसँगत चलाउनु पर्छ भन्नको लागि दुई अध्यक्ष बीच भइरहेको एक प्रकारको मतभिन्नता हो पनि हामी भन्न सक्छौ । अहिले अराजकता भइरहेको छ । अब त्यसो हुनु हुदैन । पार्टीको विधि विधान अनुसार सबै जना चल्नुपर्छ र चलाइनु पर्छ भन्नको लागि भएको सवाल हो । अहिले एकपक्ष पार्टीलाई सुदृढ बनाउनुर्छ भन्नमो छ भने अर्को पक्षले नियमसँगत चल्न चाँहिरहेको छैन । यसैगरि सरकारको प्रभावकारी सञ्चालन देखि लिएर आगामी दिनमा नेकपालाई हामीले कसरी अघि बढाउन सक्छौ भनेर अघि बढ्नु पर्छ भन्ने नै अहिलेको मुल विषय हो ।

दुई अध्यक्ष बीचको विवाद कै कारण नेकपा फुटको संघारमा छ भनेर नेताहरु भनेका छन, के नेकपा फुट्नै लागेको हो ?

अबश्य पनि नेकपाभित्र विभाजनको डरलाग्दो आँधिहुरी प्रकट भएको छ । यो साँचो कुरा पनि हो । तर अहिले समग्र कुरा पार्टी र सरकार संचालन सम्बन्धि र यसवीचमा पार्टी भित्र देखा परेका समग्र विषय वस्तुहरुले बैठक प्रवेश पाएका छन् । त्यसकारण अबका बैठकहरुमा अहिले उठेका विषयमा छलफल र बहस हुन्छ । सकारात्मक र नकारात्मक दुवै पक्षमा बृहत छलफल हुन्छ । नकारात्मक चीजहरुलाई छोड्ने र सकारात्मक कुराहरुलाई आत्मसाथ गरेर अगाडि बढ्ने विचारले बैठकका माध्यमबाट निष्कर्षमा पुग्ने सम्भावना प्रबल छ । देश, जनता र व्यवस्थाको रक्षाका लागि नेकपालाई फुट्न दिन हुदैन भन्ने हाम्रो चाहना हो ।

अहिले नेकपामा युवा पुस्तालाई नेतृत्व दिनुपर्छ भन्ने बहस पनि चलेको छ, के यो सम्भव छ ?

छ नी, नेकपामा नयाँ पुस्ता नेतत्वमा आउनुपर्छ । त्यसको प्रारम्भिक बहस सुरु भएको छ । युवा पुस्ता नेतृत्वमा आउने परिस्थिति बन्छ ।

अहिलेको महामारीको समयमा नेकपा सत्ता र भागबण्डाका लागि लडिरहेको छ, यसले त जनतामा नकारात्मक सन्देश गएन र ?

यो चाँहि अहिले समयको हिसाबले परिस्थिति अनुसार जनताको पक्षमा काम गरेर देखाउनु पर्ने मा यो बिबाद राम्रो थिएन । नहुने कुरा भयो । भइसकेपछि यो अन्तर संघर्षलाई ठिक ढंगले कसरी अगाडि बढ्न सकिन्छ भन्ने हिसाबमा सबै जना लागिरहेको अवस्था हो । देश र जनताको पक्षमा काम गर्ने भनेर गरिएको प्रतिबद्धता पुरा गर्नको लागि सबै एकजुट भएर अघि बढ्नुको विकल्प छैन । सबै कुरा एकैसाथ गर्नको लागि पार्टी मिल्न जरुरी छ ।

नेकपाभित्रको दोस्रो पुस्ताले नेतृत्वलाई मिल्नै पर्ने दबाब दिइरहेको छ, स्थायी र केन्द्रीय कमिटिको पनि बैठक बस्दैछ, के नेकपा अब नयाँ रुपमा आउला त ?

हाम्रो भनाइ के हो भने पहिला एकतालाई बचाउँने । पार्टी एकतालाई जोगाउने । मेरो भनाइ पनि के हो भने एकतालाई जोगायो भने सुधार्ने र सुधारिने मौका रहन्छ । त्यसपछि बाँकी एकताका काम सकाउने र पार्टीलाई सुदृढ बनाउँदै जाने । ती बैठकहरुमा बृहत छलफल हुन्छ । ती छलफलहरुबाट नेकपामा नयाँ सहमति बन्छ ।

एकातिर नेकपा फुटको संघारमा छ, अर्कातिर राजवादीहरु राजा आउँ देश बचाउ भन्दै प्रदर्शन गर्न थालेका छन्, फेरी शासनमा आउलान् त राजा ?

अब पार्टीहरु सकिए । व्यवस्था सकियो । हामी उदाउँछौ भन्ने कसैलाई भ्रम छ भने त्यो कुनै पनि हालतमा सम्भव छैन । अहिले राजतन्त्र आउछ भन्ने कुरामा कुनै पनि प्रकारबाट औचित्य छैन । यो खालका गतिविधिहरुका कुनै असर पनि छैनन् । नेपालमा राजतन्त्र आउँदैन । बरु अहिलेको व्यवस्था अब मजबुत हुदैँ जान्छ ।

अन्त्यमा, आम जनता र नेकपाका कार्यकर्तालाई के भन्न चाहनुहुन्छ ?

नेपालको संविधान र व्यवस्था अनुसार पनि नेकपा फुटने कुनै सम्भावना नै छैन । दोस्रो, आजको समय र परिस्थितिका हिसाबले निकै जटिल अवस्था छ । यस्तो बेलामा फुटनु र लामो समय विवादमा रुमलिनु भनेको हाम्रै लागि क्षतिको विषय हो । म सबैलाई के आग्रह गर्न चाहन्छु भने पार्टी फुट्दैन । पार्टी एकतालाई बचाउने जिम्मेवारी हामी सबैको हो ।