छुट्टा छुट्टै सवारी दुर्घटना ३ जनाको मृत्यु

मंसिर १४, काठमाडौ – मोरङ र झापाका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । शनिवार राती सवा ९ बजे मोरङको सुन्दरहरैचा नगरपालिका-८ सलकपुरमा को २ त ३१९६ नम्बरको ट्याक्टरले ठक्कर दिंदा घाईते भएका स्कुटर चालक सुन्दरहरैचा नगरपालिका-५ का ४२ बर्षीय मकेश्वर चौधरीको उपचारको क्रममा राती १० बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।

यसैगरी मोरङकै उर्लावारी नगरपालिका- ८ मा मे ४ प ९२८५ नम्बरको मोटरसाईकल शनिवार राती ८ बजे अनियन्त्रीत भई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक स्थानीय ३० बर्षीय उपेन्द्र दनुवार र सोही मोटरसाईकल पछाडी सवार रहेका तेह्रथुम म्याङलुङ-९ का ४५ बर्षीय श्याम तामाङको अरनिको अस्पतालमा उपचार भईरहेकोमा उपचारको क्रममा श्याम तामाङको राती सवा ८ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लावारीले जनाएको छ ।

यस्तै झापाको अर्जुनधारा नगरपालिका-८ मा को १ क १५८७ नम्बरको जेसीबीले प्रदेश १-०१-०१२- प ७१५४ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा घाईते भएका मोटरसालक चालक अर्जुनधारा नगरपालिका-५ का ३२ बर्षीय दिपक कुमार बुढाथोकीको उपचारको क्रममा राती साँढे ७ बजे बिर्तामोडको बि।एण्ड।सी। अस्पतालमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।