रोलिङ नेक्सस : रोजगार सम्बन्धि नयाँ सम्भावनाहरुको सञ्जाल

मंसिर १४, काठमाडौं- तपाई कुनै जागीरको खोजीमा हुनुहुन्छ ? कसरी खोज्ने के गर्ने भनेर अलमलमा पर्नु भएको छ भने तपाईका लागि रोलिङ नेक्सस डट कम उपयुक्त हुन सक्दछ । यसको माध्यमबाट घरमै बसेर जागिरका लागि आवेदन दिन सकिन्छ । क्षमता सहित अवसरको खोजीमा रहेकाहरुलाइ रोलिङ नेक्सस डट कमले सहयोग गर्न सक्दछ ।

कोरोना महामारी पश्चात विश्व नै भर्चुअल रुपमा चलेको छ । अवसरको खोजीमा रहेकाहरुका लागि यो साइटले भर्चुअल मार्फत रोजगारी प्रदान गरेको छ । ‘रोलिङ प्लान्स’ ले १६ वर्ष पूरा गरेको अवसरमा नयाँ ब्रान्ड ‘नेक्सस रोलिङ डट कम’ संचालनमा ल्याएको हो । ‘नयाँ सम्भावनाहरूको सञ्जाल’ मुख्य नाराका साथ सञ्चालित यो व्यवसायले दक्षता अभिवृद्धि, रोजगारी सिर्जना, अवसर र सम्भावनाको खोजी तथा उद्यमशीलतालाई वृद्धि गर्ने लक्ष्य राखेको छ ।

रोलिङ नेक्ससका अध्यक्ष अनुप जंगम भन्छन् ‘क्षमता भएर अवसर नपाएकाहरुका लागि यो वेवसाइट सञ्चालनमा ल्याएका हौ ।’ उनका अनुसार यस वेवसाइटले मानव संसाधनको व्यवस्थापन, रोजगारी र उद्यमशीलतामा सामाजिक नेटवर्किङका माध्यमबाट हरेकको उपस्थिति गराउने उद्देश्य राखेको छ । रोलिङ प्लान्सकै भर्चुअल माध्यमबाट ४० हजारभन्दा बढीलाई रोजगारी प्रदान गरिसकिएको उनी बताउछन् ।

यस क्रममा करिब दुई सयभन्दा बढी सम्पूर्ण रोजगारको भर्ना तथा छनोट प्रक्रियामा पनि सामेल भैसकेको उनको भनाई छ । यस वेवसाइट मार्फत अवसर खोज्ने  मात्र नभई यसका अतिरिक्त टेन्डर, छलफलदेखि उपभोक्ताको उजुरीसमेत भर्चुअलमार्फत समाधान गरिन्छ ।

कसरी संलग्न हुने ?

यस वेवसाइटमा सम्लंग्न हुनका लागि (www.rollingnexus.com) को वेवसाइट खोल्नुपर्छ । यो सञ्जाल व्यक्ति वा व्यवसाय दुवैले प्रयोग गर्न सक्छन् । प्रयोग गर्नका लागि इच्छुक व्यक्ति व्यवसायले आफ्नो प्रोफाइल बनाउनुपर्ने हुन्छ । यसमा १८ वर्षदेखि ६५ वर्ष उमेर समूहका व्यक्तिहरूले सेवा लिन सक्छन् ।