थप १७ सय ३ जनामा कोरोना संक्रमण पुष्टि, २३ को मृत्यु

मंसिर १२, काठमाडौं – नेपालमा आज थप १७ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ४ सय ६० मा पीसीआर परीक्षण गर्दा १७ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप २३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले बताएको छ ।