नेयमारको गोलमा पीएसजीको जित

मंसिर १० एजेन्सी – यूइएफ च्याम्पियन्स लिग फुटबलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले साँघुरो जित निकालेको छ ।

मंगलबार राति भएको खेलमा पीएसजीले जर्मन क्लब आरबी लाइपजिगलाई १ – ० गोल अन्तरले पराजित गरेको हो ।

यस जितसँगै पीएसजीले नकआउट चरणमा पुग्ने सम्भावना कायम राखेको छ ।