इंग्लिस प्रिमियर लिग – बर्नलीद्धारा क्रिष्टल प्यालेस पराजित

मंसिर ८, एजेन्सी बर्नलीले इंग्लिस प्रिमियर लिग फुटबलको यो सिजनमा पहिलो जित दर्ता गरेको छ ।

लिग अन्तर्गत सोमबार राति भएको खेलमा बर्नलीले क्रिष्टल प्यालेसलाई १–० ले पराजित गरेको हो ।

आठौँ मिनेटमा क्रिस वूडले गरेको गोलबाट जित निश्चित गरेको बर्नलीले रेलिगेशन जोनबाट माथि उक्लिएको छ ।

८ खेलबाट पाँच अंक जोडेको बर्नली १७ औँ स्थानमा पुगेको छ । पराजित भएको क्रिष्टल प्यालेस ९ खेलबाट १३ अंकसहित ११ औँ स्थानमा छ ।

बर्नलीले यसअघिका सात खेलमा पाँचमा हार बेहोरेको थियो भने दुई खेलमा बराबरी गरेको थियो।