‘आउ वर ‘ मा आसिफ र बर्षाको अभिनय (भिडियो)

मंसिर ७, काठमाडौं गायक सुमित पाठकको नयाँ गीत सार्वजनिक भएको छ । ‘आउ वर’ बोलको गीत शुक्रवार साँझ युट्युब मार्फत सार्वजनिक भएको हो ।

गीतमा सुमितलाई मिना निरौलाले साथ दिएकी छिन् । गीतमा सुमितकै शब्द र संगीत रहेको छ । सार्वजनिक गीतको भिडियोमा आशिफ शाह र बर्षा राउतको अभिनय रहेको छ ।

असिम शाहको निर्देशन रहेको भिडियोको कोरियोग्राफÞी प्रविन सिंहले गरेका हुन् । हरि हुमागाईको छायांकन रहेको भिडियोमा गम्भिर राजकर्निकारको सम्पादन रहेको छ ।