ब्राउनसुगर सहित २ युवक पक्राउ

मंसिर ५, झापा -मेचीनगर नगरपालिका-१५ हेल्दुवारीबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका    छन् ।

बिशेष सूचनाको आधारमा प्रहरी चौकी ज्यामीरगढिबाट खटिएको प्रहरी टोलीले बिहिवार साँझ स्थानीय २४ बर्षीय बिष्णु राजवंशी र १८ बर्षीय सागर पाहानलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

बा ३८ प ३८८५ नम्बरको मोटरसाईकलमा सवार रहेका निजहरुलाई रोकेर चेकजाँच गर्ने क्रममा निजहरुको साथबाट ११.०६ ग्रामको नियन्त्रीत लागुऔषध ब्राउनसुगर , नेपाली रुपैयाँ ८१ हजार १ सय, भारतिय रुपैयाँ १ सय १० रुपैयाँ र मोवायल २ थान बरामद भएको थियो ।

लागुऔषध सहित पक्राउ परेका दुवै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।