‘मालिङ्गो’ मा राजेश हमालसँग स्मिता – हेरौ भिडियो

मंसिर ५, काठमाडौं –  पछिल्लो समय म्युजिक भिडियोमा व्यस्त हुन थालेको महानायक राजेश हमालको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

‘मालिङ्गो’ नाम रहेको नयाँ म्युजिकमा उनी गायिको स्मिता दाहालसँग देखिएका छन् ।

उत्त गीतमा राजनराज सिवाकोटी र स्मिता दाहालको स्वर रहेको छ भने शब्द सुनिता नेपाल सुवेदीको रहेको छ । सार्वजनिक गीतमा संगित राजनराज सिवाकोटीको रहेको छ ।

सरोज वलीको निर्देशनमा बनेको भिडियोमा अभिनेता हमालले पत्रिका बेच्नेको भुमिका निर्वाह गरेका छन् ।

भुवेन्द्र अधिकारीको सम्पादन रहेको भिडियोको छायांकन नवराज उप्रेतीले गरेका हुन् ।