कात्तिक २७, एजेन्सी – अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा नेदरल्यान्ड्स र स्पेनले बराबरी खेलेका छन् । बुधबार राति भएको खेलमा नेदरल्यान्ड्स र स्पेनले १(१ गोलको बराबरी खेलेको हो ।
नेदरल्यान्ड्सको योहान क्रुफ स्टेडियममा सुरुवाती अग्रता भने स्पेनले बनाएको थियो । खेलको १९ औं मिनेटमा सर्जियो कानालेसले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए ।
तर, खेलको ४७ औं मिनेटमा डोनी भान डी विकले गोल गर्दै घरेलु टोलीलाई हारबाट जोगाए । यूईएफए नेसन्स लिगको खेल अघि दुबै टोलीले मैत्रीपूर्ण खेल खेलेको हो ।
अर्को मैत्रीपूर्ण खेलमा बेल्जियमले स्विजरल्याण्डलाई २(१ गोल अन्तरले पराजित गरेको छ ।
बेल्जियमको जितमा मिचे बात्सुयाईले दुई गोल गरे । स्विजरल्याण्डका एडमिर मेहमेदीले एक गोल फर्काए ।