‘बेबी सुनन‘’ भन्दै आए गायक सुनिल सिंह ठकुरी

कात्तिक २७, काठमाडौं – गायक सुनिल सिंह ठकुरी आफ्नो नयाँ गीत ‘बेबी सुनन‘’ मार्फत दर्शक तथा श्रोतामाझ आएका छन् । गायक ठकुरीले आफ्नै युट्युब च्यानलमार्फत उक्त गीतको म्युजिक भिडियो सोमबार सार्वजनिक गरेका छन् ।

भिडियोमा गायक ठकुरीसहित लोसिना लामिछाने, बिनोद खतिवडा तथा रोजी फिचर्ड छन् । नविन रावलद्वारा सङ्गीतबद्ध उक्त गीतका शब्दहरू डा.इन्जिनियर जीत चन्दले रचना गरेका छन् । कृष्ण भान्जा उक्त गीतका सङ्गीत संयोजक हुन् भने श्याम श्वेत रसाइलीले गीतलाई मिक्सिङ तथा मास्टरिङ गरेका छन् ।

सोनम पाख्रिनद्वारा निर्देशित उक्त गीतको भिडियोलाई बुद्ध थापाले छायांकन गरेका हुन् भने सुशील न्यौपानेले भिडियोलाई सम्पादन गरेका छन् । डिबिबि राजा भिडियोका कोरियोग्राफर हुन् ।