आत्महत्या दुरुत्साहन मुद्धामा पक्राउ गरेका भारतीय पत्रकार गोस्वामीलाई १४ दिन न्यायीक हिरासतमा राखिने

कात्तिक २०, कठमाडौ – बुधबार पक्राउ परेका भारतीय पत्रकार अर्नब गोस्वामीलाई १४ दिनका लागि न्यायीक हिरासतमा राखिने भएको छ ।

गएराति अबेर मुम्बई अदालतले गोस्वामीसहित अन्य दुई जनालाई पनि १४ दिनका लागि न्यायीक हिरासतमा राख्न आदेश दिएको हो ।

उनलाई आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ गरिएको थियो ।

सन् २०१८ मा इन्टेरियर डिजाइनर अन्वयक नाइक र उनकी आमा कुमुद नाइकलाई आत्महत्या गर्न बाध्य पारेको आरोप गोस्वामीमाथि लागेको छ ।

उनी रिपब्लिक टेलिभिजनका प्रधानसम्पादकसमेत हुन् ।