सुनको मूल्य प्रतितोला ४०० ले बढ्यो

कात्तिक १८, काठमाडौ स्थानीय बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार सुनको मूल्य प्रतितोला ४०० ले बढेको छ ।

महासङ्घले आजका लागि छापावाला सुनको मूल्य प्रतितोला ९५ हजार ४०० र तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ९०० तोकेको छ । आइतबार र सोमबार मूल्य स्थिर रही छापावाला सुन प्रतितोला ९५ हजार र तेजाबी सुन प्रतितोला ९४ हजार ५०० मा कारोवार भएको थियो । यस्तै चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । आज चाँदीको मूल्य प्रतितोला पाँचले वृद्धि भई एक हजार २१० पुगेको महासङ्घले जनाएको छ ।