काँग्रेस सांसद केसीको मृत्युप्रति प्रधानमन्त्री ओलीद्धारा  दुःख व्यक्त

कात्तिक १८, काठमाण्डौ प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेसका सांसद सूर्यबहादुर केसीप्रति ट्वीटमार्फत श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

संघीय प्रतिनिधि सभाका सदस्य सूर्यबहादुर केसीको हिजो राती पोखरास्थित आफ्नै निवासमा निधन भएको थियो ।

ट्वीट मार्फत ओलीले केसीको मृत्युप्रति दुःख समेत व्यक्त गरेका छन् ।

यस्तै उनले सांसद केसी प्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समबेदना व्यक्त गरेका हुन् ।