प्रस्तावित राजदूतहरुको सुनवाइ हुन सकेन

कार्तिक १७ काठमाडौं । पूर्व मन्त्री डा युवराज खतिवडासहित तीन जना प्रस्तावित राजदूतहरुविरुद्ध उजुरी गर्नेहरु सम्पर्कमा नआएपछि आगामी २७ गते सुनुवाइ गर्ने संसदीय सुनुवाइ समितिले निर्णय गरेको छ ।

गत असोज १६ गते मन्त्रिपरिषदको बैठकले पूर्वअर्थमन्त्री डा युवराज खतिवडालाई अमेरिका, पूर्व मुख्यसचिव लोकदर्शन रेग्मीलाई बेलायत र डा निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको थियो ।

संसदीय सुनुवाइ समितिका अनुसार खतिवडाविरुद्ध ३ वटा र रेग्मीविरुद्ध एउटा उजुरी तोकिएको समयभित्र परेका थिए ।

अर्को एउटा उजुरी तोकिएको समयपछि मात्र आएको थियो । तर उजुरीकर्ताहरु सम्पर्कविहीन थिए ।