कोरोनाबाट नेपालगन्जकी ६७ वर्षिय बृद्धाको मृत्यु

कार्तिक ,१७ नेपालगन्ज : कोरोना भाईरस ९कोभिड १९ को संक्रमण देखिएकी थप एक महिलाको ज्यान गएको छ ।

नेपालगन्ज उपमहानगरपालिका २ घरबारी टोलकी ६७ वर्षिय महिलाको उपचारका क्रममा ज्यान गएको जिल्ला कोभिड(१९ संकट ब्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।कात्तिक ३ गते कोरोना संक्रमण पुष्टि भएपछि भेरी अस्पतालको कोरोना विशेष वार्डमा भर्ना गरीएकी ति बृद्धाको आज बिहान १०स्३० बजे मुत्यु भएको हो ।

उपचारको क्रममा उनको रोगको प्रकृति अनुसार एन्टिबायोटिक, अक्सिजन लगायत सबै प्रकारको आवश्यक सपोर्टिभ उपचार गरिएको र उपचारकै क्रममा सोमबार बिहान १०ः३० बजे उनको मृत्यु भएको जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्रका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ भने बाहिरी जिल्लाबाट कोरोनाको उपचार गराउन बाँके आएर मृत्यु हुनेको संख्या २१ पुगेको छ ।