कलाकार मनोज गजुरेललाई कोरोना सङ्क्रमण

कात्तिक ११, काठमडौं – हास्यकलाकार मनोज गजुरेलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सामान्य लक्षण देखिएपछि आइतबार बिहान स्वाब दिएका गजुरेलको रिपोर्ट सोमबार पोजेटिभ आएको हो ।

कोरोना पुष्टि भएपछि आफू सेल्फ आइसोलेसनमा रहेको जानकारी सामाजिक सञ्जालमार्फत् गजुरेलले दिएका छन् ।
‘बिहीबारदेखि नै आइसोलेसनमा छु । दाजु र मलाई पोजेटिभ देखिएकोले सेल्फ आइसोलेसनको कडा पालनासहित घरेलु उपचारमा छौँ’, गजुरेलले फेसबुकमा लेखेका छन्, ‘मलाई अहिले गारो हुनेखालका सिमटम्स छैनन् तर, पनि आफू र अरुको स्वास्थ्यलाई ध्यानमा राखेर गुप्तवासमा रहेको जानकारी गराउन चाहान्छु ।’

गजुरेलले सचेत हुन सबैलाई आग्रह गरेका छन् । उनले नआत्तिन र चिकित्सकको सल्लाह अनुसार आइसोलेसनमा बस्न भनेका छन्। उनले आफू जनस्वास्थ्यविद् डा.समीरमणि दीक्षितको सुझाव अनुसार उपचार गराइरहेको बताएका छन् ।

कलाकार गजुरेलले कोरोना भन्दा आफ्नो शारीरिक, मानसिक र आध्यात्मिक ऊर्जा बलियो भएको भन्दै कोरोना जित्ने बताएका छन्।

‘मलाई विश्वास छ, मेरो शरीरमा प्रवेश गरेको यो भाइरस मेरो शारीरिक, मानसिक र आध्यात्मिक ऊर्जा भन्दा बलियो पक्कै छैन’, उनले फेसबुकमा भनेका छन्, ‘त्यसैले मैले यो भाइरसलाई मेरो शक्तिशाली ईम्युन सिस्टममा स्वागत गरिसकेको छु । तपाईंहरुको शुभकामनाले त मेरो शरीरको जीत र भाइरसको हार झन् चाँडो हुनेछ ।’