आईपीएल – पञ्जाबद्वारा कोलकाता ८ विकेटले पराजित

कात्तिक ११, एजेन्सी – आईपीएल अन्तर्गत गए राति भएको खेलमा किङ्स इलाभेन पन्जाबले कोलकातालाई ८ विकेटले पराजित गरेको छ । यससँगै पन्जाब आईपीएलको चौथो स्थानमा उक्लिएको छ ।

कोलकाताले दिएको १५० रनको लक्ष्य पन्जाबले १८ ओभर ५ बलमा मात्र २ विकेट गुमाएर पुरा ग¥यो ।

पन्जाबको जितमा क्रिस गेल र मन्दिप सिंहले अर्धशतकीय इनिङ्स खेलेका थिए। गेलले २९ बलमा ५१ रन बनाए । यससँगै उनले आईपीएलमा पन्जाबका लागि १ हजार रन समेत पूरा गरे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ९ विकेट गुमाएर १४९ रन बनाएको थियो । कोलकाताका लागि शुबमन गिलले ५७ रनको अर्धशतकीय इनिङ्स खेले ।